Comments Add Comment

ओली र प्रचण्डले नेकपा सांसदलाई बालुवाटार बोलाए, छुट्टाछुट्टै छलफल

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसदका सांसदहरुसँग छलफल थालेका छन् । अध्यादेश जारी गरेपछि विवाद भइरहेका बेला कोरोना संक्रमणविरुद्धको कामलगायतका बारेमा प्रधानमन्त्री र पार्टी अध्यक्षले सांसदहरुसँग छलफल गरेका हुन् ।

प्रदेशगत रुपमा नेकपा सांसदहरुलाई बालुवाटारमा बोलाएर पछिल्लो अवस्थाबारे सांसदहरुका सुझाव र तल भइरहेका कामहरु बारेमा जानकारी लिने काम भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सम्बन्धित प्रदेशभित्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई छलफलमा राखिएको छ ।

केही दिनअघि नेकपाका सांसदहरुले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर कोरोना विरुद्धका लडाइमा जनताबीच गएर काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । सांसदहरुका गुनासा सुन्ने र पछिल्लो अवस्थाबारा जानकारी गराउने उद्देश्यले सांसदहरुसँग अलग अलग छलफल गर्न लागिएको हो ।

सबै सांसदलाई एकैपटक राखेर बैठक गर्दा धेरै ठूलो भिड हुने भएकाले अलग अलग प्रदेशबाट बोलाइएको हो । छलफलमा प्रधामनन्त्री ओली, अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत नेताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment