Comments Add Comment

कोरोनाबारे भारतमा फैलिएका अफवाहहरू

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी भारतमा बढ्दो क्रममा छ । निरन्तर फैलिएको भाइरसका संक्रमित बढेसँगै यसको उपचारबार अफवाह पनि उत्तिकै फैलिरहेका छन् ।

सामाजिक सञ्जालमा मात्र होइन, यस किसिमको हल्लाहरू राष्ट्रियस्तरका भारतीय सञ्चारमाध्यममा पनि फैलिरहेका छन् । यसले धेरै मानिस भ्रममा पनि पर्ने गरेका छन् ।

यहाँ भारतमा फैलिएका अफवाहहरू उल्लेख गरिएको छ ।

परम्परागत जडीबुटी

परम्परागत जडीबुटीले कोरोना भाइरस निको हुँदैन । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै कोरोना भाइरसविरुद्धको लडाइँको नीतिमा परम्परागत जडीबुटीको प्रयोग गर्न सुझाएका थिए । उनले मानिसहरूलाई आधिकारिकरुपमा यसको नियम पालना गरेर ‘काधा’ को प्रयोग गर्न सुझाएका थिए । यसले रोग प्रतिरोधी क्षमता विकास हुने उनको भनाइ थियो । चिकित्सा विशेषज्ञहरू यसले मानिसको प्रतिरोधी क्षमता बढ्ने तर कोरोना भाइरसविरुद्ध लड्ने क्षमता बढ्ने कुनै प्रमाण नभेटिएको बताउँछन्।

भारतको आयुष मन्त्रालयले प्रतिरोधी क्षमता बढाउन सहयोग पुग्ने धेरै किसिमको परम्परागत थेरापीको प्रचार गर्दै आएको छ । यसमध्ये केही उपचार पद्धतिको प्रयोग कोरोना भाइरसविरुद्ध गर्न मन्त्रालयले बढावा दिँदै आएको छ । तर, यस्तो उपचार पद्धतिले कोरोना भाइरसविरुद्ध हुने काम गर्छ भन्ने प्रमाण भेटिएको छैन ।

तातोपानी पिउने, नुनपानी तथा कागती पानी खानाले कोरोना भाइरस निको पार्न सहयोग पुग्छ भन्ने दाबीलाई भारतको सरकारी ‘फ्याक्ट चेकिङ’ सेवाले नै गलत ठहर गरिसकेको छ ।

हुँदै नभएको अध्ययनको दाबी

भारतीय हिन्दी टीभी च्यानल एबीपी न्युजले मुलुकमा लकडाउन नलगाएको भए १५ अप्रिलसम्ममा आठ लाख मानिसमा यसको संक्रमित फैलिन सक्ने बताएको थियो । उसले यो अध्ययन भारतीय चिकित्सा अध्ययन परिषद् (आईसीएमआर)ले गरेको दाबी गरेको थियो ।

तर, आईसीएमआर र भारतको स्वास्थ्य मन्त्रालयले यस्तो कुनै पनि अध्ययन नभएको बताएको छ। एबीपी न्युजले भने आफ्नो समाचार साँचो भएको दाबी गर्दै आएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले भने यस विषयमा आन्तरिक अनुसन्धान भइरहेको तर तथ्यांक भने सार्वजनिक नभएको बताएको छ । लकडाउन नभएको भए कति संक्रमित हुन्थे भनेर यकिन तथ्यांक दिन सकिँदैन । भारतमा मार्च २५ देखि लकडाउन जारी छ ।

चिया पिउने अफवाह

सामाजिक सञ्जालमा एक कप चिया कोरोना भाइरसको उपचार भएको समाचार फैलिएको थियो । यसमा चिनियाँ डाक्टर ली वेनलियाङले भनेको भनि दाबी गरिएको थियो । वेनलियाङ चीनको वुहानमा कोरोना भाइरसविरुद्ध मानिसहरूलाई सचेत गराउने डाक्टर थिए । पछि उनको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

साथै, चीनले कोभिड-१९ को उपचारका लागि दैनिक तीन कप दिने गरेको समाचार पनि फैलिएको थियो । तर, समाचारमा दाबी गरिएअनुसार वेनलियाङले केही भनेका थिएनन् । उनी आँखाका डाक्टर थिए । साथै, चीनमा पनि कोभिड-१९ को उपचारका लागि चिया दिइएको थिएन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment