+
+

सन्राइज बैंकद्वारा ग्राहकलाई नेपमेडस् र काठमाडौ अरगेन्किसमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १५:४९

११ बैशाख, काठमाडौं । सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।

ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि नेपमेडस् प्रालि र काठमाडौं अरगेन्किसबाट सनराइज बैंकको डेबिट/के्रडिट कार्ड तथा क्यु.आर कोड प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशत वा रु ५०० सम्मको विशेष छुट पाउने व्यवस्था मिलाएको छ ।

नेपमेडस् प्रालिले उपत्यकाका ग्राहकहरुलाई घरमै औैषधी पुर्‍याउँदै आएको छ भने काठमाडौं अरगेन्किसले विभिन्न अर्गानिक खाद्ययान्न अनलाइनमार्फत उपलव्ध गराउँदै आएको छ । उक्त छुट लकडाउन अवधिभर रहने बैकले जनाएको छ ।

कोरोना भाइरस -कोभिड-१९) संक्रमणका कारण देशभर भइरहेको लकडाउनले खाद्ययान्न तथा औषधी जस्ता अति आवश्यक सामान खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?