+
+
Shares

सरकारको नियम मिच्दै इन्डोनेसियामा रमजानमा सयौंको भेला

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते १२:४०

१२ वैशाख, काठमाडौं । इन्डानेसियामा सरकारले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको नियम मिच्दै सयौं मानिस रमजानका लागि भेला भएका छन् ।

इन्डोनेसियाको अचे प्रान्तमा सयौंको संख्यामा मानिसहरू बिहीबार रमजान मनाउन भेला भएका हुन् । यो प्रान्तलाई इन्डोनेसियाको सबैभन्दा धेरै अन्धविश्वास व्याप्त भएको प्रान्त मानिन्छ ।

बिहीबार रमजान मनाउने क्रममा मानिसहरूले कुममा कुम जोडेर प्रार्थना गरेका थिए । साँझको समयमा गरिने यस किसिमको प्रार्थनालाई तराविह भनिन्छ । उनीहरू यो प्रार्थनाको लागि बैतुररहमान ग्राण्ड मस्जिदमा भेला भएका थिए । यहाँ सहभागी भएका केही मानिसले मात्र मास्क लगाएका थिए ।

यो प्रार्थनामा सहभागी एक सिती रमजानले आफूहरू कोरोना भाइरसको महामारी छिटै अन्त्य होस् भनी अल्लाहसँग प्रार्थना गरिरहेको बताए । उनले आफूहरूले गरेको प्रार्थना अल्लाहले पनि सुनेर त्यसको जवाफ दिने आफूहरूको विश्वास रहेको उनले सुनाए ।

पछिल्लो समय विश्वभर बढिरहेको भाइरसको महामारी रोक्न इन्डोनेसियाको सरकारले सबै किसिमको भेलामा रोक लगाएको छ।

स्रोत : अलजजीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?