Comments Add Comment

लकडाउनबारे निर्णय भएन, अर्को बैठकमा छलफल हुने

१२ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको म्याद सोमबार (वैशाख १५ गते) सकिँदैछ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने अनुमान गरिएको थियो । तर, आगामी बैठकबाट निर्णय गर्ने सहमतिसहित शुक्रबारको बैठक सकिएको एक मन्त्रीले बताए ।

‘लकडाउन थप्ने/नथप्नेबारे आज निर्णय भएन’ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि एक मन्त्रीले अनलाइनखबरसँग भने,‘ भोलि या पर्सि बस्ने अर्को बैठकले यसबारे ठोस निर्णय गर्ने छ ।’

कोरोनाको जोखिम अझ बढ्दै गएकाले सरकार यसमा गम्भीर भएको ती मन्त्रीले बताए ।

सरकारले गत चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आइरहेको छ । निरन्तर लकडाउन मात्रै गर्ने कि यसको विकल्प पनि खोज्ने भन्नेबारे बहस हुँदै आइरहेको छ ।

लकडाउनलाई कुनै निश्चित ठाउँमा कडा पारेर कम जोखिम देखिएको काठमाडौं लगायतको ठाउँमा खुकुलो पारिनुपर्ने माग पनि हुँदै आइरहेको छ ।

यसैबीच, उदयपुर र भोजपुरमा समुदायस्तरमा कोरोना देखिएका कारण लकडाउनलाई निरन्तरता दिनुपर्ने विचारहरू पनि आइरहेका छन् ।

सरकारले यसबारे कस्तो नीति लिन्छ, आइतबारसम्म कुर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment