Comments Add Comment

प्रदेश २ का सबै जिल्लामा स्वास्थ्यकर्मीको टोली, १५ सय बढी नमूना संकलन गर्ने लक्ष्य

१२ वैशाख, काठमाडौं । सरकारले प्रदेश २ मा कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेको छ ।

प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सय भन्दा बढी स्वाब नमूना संकलनका लागि टोली परिचालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेना, स्वास्थ्यकर्मी र प्रयोगशालाका प्राविधिकहरुको टोली शुक्रबार नै प्रदेश २ मा परिचालित भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

सरकारले कोरोना संक्रमण व्यक्ति पत्ता लगाउने उद्देश्यले कूल ४७ हजार ४ सय ९६ जनाको पीसीआर र आरडिटी परीक्षण गरेको छ । प्रदेश २ मा मात्रै ४ हजार २ सय ७७ नमूना परीक्षण गरिसकेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment