+
+

इटालीमा कोरोनाबाट एक सय ५० डक्टरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते ८:५३

१३ वैशाख, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण कम्तीमा एक सय ५० डाक्टरको मृत्यु भएको छ । इटालीको डाक्टर एसोसिएशनले शुक्रबार दिएको जानकारी अनुसार इटालीमा समग्र संक्रमितमा करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरु छन् ।

यसैबीच इटालीको स्वास्थ्य स्याहार क्षेत्रको सुधारको लागि पर्याप्त कदम नचालिएको आवाज पनि उठ्न थालेको छ । इटालीको स्वास्थ्य स्याहार समूह एएनएएओले सरकारले स्वास्थ्य प्रणाली बचाउन पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेको छ । सरकारले स्वास्थ्य स्याहार क्षेत्रलाई बचाउन २५ अर्ब युरो प्रदान गर्ने घोषणा गरेको छ । तर, एएनएएओले भने यो रकम पर्याप्त नरहेको बताएको छ ।

इटालीमा अहिलेसम्म एक लाख ९२ हजार नौ सय ९९४ जना मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने २५ हजार नौ सय ६९ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ । इटाली अमेरिकापछि यो भाइरसको कारण सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुक हो ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?