Comments Add Comment

बर्दिवासमा आफैं चढेको बसले किच्दा एक जनाको मृत्यु

१३ वैशाख, जनकपुरधाम । लकडाउनमा अलपत्र परेका सर्वसाधारणलाई काठमाडौंबाट लिएर उदयपुरतर्फ आउँदै गरेको बस शनिबार बिहान बर्दिवासको पाटुमा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखाको तामाकोशी २ का बाबुराम विश्वकर्मा रहेका छन् । बस अनियन्त्रित भई पल्टिन लागेपछि उनी बसबाट हामफालेका थिए । महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी अनुसार बसका सहचालक समेत रहेका विश्वकर्मालाई बस किच्दा उनको मृत्यु भएको हो ।

वीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका ३ स्थित पाटुमा बा ३ ख ४०३६ नम्बरको बस पल्टिँदा दोलखाको तामाकोशीकै प्रदीप विश्वकर्मा घाइते भएका छन् । उनको बर्दिवासमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य कोही घाइते नभएको र फरार भएका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment