Comments Add Comment

चितवनका युवक कोरोनामुक्त, डिस्चार्जको तयारी

१३ वैशाख, चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका- ८ का २७ वर्यीय युवक कोरोना भाइरस मुक्त भएका छन्। कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गराइरहेका उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ‘मेडिकल टिम बसेर निर्णय गर्छ, सम्भवत: डिस्चार्ज गर्छौँ, अहिलेसम्म कोरोनाको लक्षण पनि छैन, युवक स्वस्थ छन्,’ सूचना अधिकारी पौडेलले भने ।

ती युवकको बिहीबार गरिएको पहिलो परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

उनकी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ । त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने सूचना अधिकारी पौडेलले बताए ।

गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा-छोराको र्‍यापिड टेस्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो । भरतपुर र काठमाडौंको टेकुमा गरिएको पीसीआर परीक्षणमा समेत पोजेटिभ आएपछि उनीहरूलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।

नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य लाभ भएर घर फर्किने ११ बिरामी बागलुङकी १९ वर्षीय अंशु सापकोटा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment