+
+
Shares

वीरगञ्जमा उपचाररत चार जना संक्रमित कोरोनामुक्त, आइतबार डिस्चार्ज गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते १९:२४

१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको हो ।

पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमुना संकलन गरी शुक्रबार हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको छ ।

चारै जनाको चौथो रिर्पाेट पनि नेगेटिभ आएपछि उनीहरूलाई आइतबार डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘डिस्चार्जका लागि अन्तिम रिपोर्टको पर्खाइमा थियौँ, रिपोर्ट नेगेटिभ आएको कागज मेरो हातमा आएको छ,’ उनले भने, ‘संक्रमितको स्वास्थ्य अवस्था पनि सामान्य छ, सम्भवत भोलि डिस्चार्ज गर्छौँ ।’

नारायणी अस्पतालमा सर्लाहीका एक संक्रमित पनि उपचाररत छन् । सर्लाहीका संक्रमितलाई छुट्टै आकस्मिक कक्ष माथिको आइसोलेसनमा राखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?