+
+

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३३ पुग्यो

कृष्णप्रसाद शर्मा/रासस कृष्णप्रसाद शर्मा/रासस
२०७७ वैशाख १४ गते १०:४५

१४ वैशाख, लण्डन । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ ।

सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ ।

दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको र शनिबारमात्र सो आँकडा प्राप्त भएको जानकारी दिए । गोरखा वेलफेयर ट्रष्टमा अधिकृत तहमा कार्यरत ग्यारी घलेले ट्रष्ट भूपू गोरखाहरूका लागि काम गर्ने संस्था भएकाले बेलायतमा कोरोनाबाट निधन भएका केवल भूपू गोरखाको मात्र तथ्याङ्क राख्ने गरेको र दूतावासले सबै नेपालीको राख्ने हुँदा मृत्यु हुनेको सङ्ख्यामा फरक-फरक पाइएको हुन सक्ने बताए ।

मृत्यु हुनेको सङ्ख्या अझ बढी हुनसक्ने आशङ्का गरिएको छ । मृत्यु हुनेका सबै परिवारले सञ्चारमाध्यमलाई घटनाबारे जानकारी नदिन पनि सक्छन् । परिवारको इच्छाविना अस्पतालले यस्ता घटना सार्वजनिक गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?