+
+
Shares

उदयपुरमा थप स्वास्थ्यकर्मी पठाउन सांसद खड्काको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १४ गते १७:३७

१४ वैशाख, काठमाडौं । उदयपुर क्षेत्र‍‍ नं.  १ का प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले उदयपुरमा थप स्वास्थ्यकर्मीको टोली पठाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आइतबार बालुवाटार पुगेका सांसद खड्काले उदयपुरमा स्वास्थ्यकर्मी पर्याप्त नरहेको भन्दै थप टोली पठाउन आग्रह गरेका हुन् ।

उनले कोरोना आशंका गरिएका स्थानीय नागरिकको परीक्षण गर्ने व्यवस्था उदयपुरमै मिलाउनसमेत आग्रह गरे । ‘मैले प्रधानमन्त्रीज्यूलाई भेटेर उदयपुरमा थप स्वास्थ्यकर्मी पठाउन तथा परीक्षणको सहज पहुँच बनाउन आग्रह गरेको छु,’ अनलाइनखबरसँगको कुराकानीमा सांसद खड्काले भने, ‘प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ, स्वास्थ्यमन्त्रीलाई केही निर्देशन दिनुहुन्छ होला ।’

प्रधानमन्त्रीसँग भएको एक घण्टा लामो छलफल विशेष गरेर उदयपुरकै विषयमा केन्द्रित भएको उनले बताए । छलफलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक र कोरोनाका विविध विषयमा समेत छलफल भएको उनले बताए ।

उदयपुरको भुल्केमा दुई दर्जन बढी कोरोना संक्रमित भेटिएका छन् । यो सांसद खड्काकै निर्वाचन क्षेत्रमा पर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?