Comments Add Comment

कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बन्यो सिंगापुर

१५ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम गर्न सिंगापुर सफल मानिएको थियो । उसको तारिफ हुन शुरु भएको थियो । तर, अहिले अवस्था फेरिएको छ ।

५० लाख जनसंख्या भएको सिंगापुरमा निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । अहिलेसम्म १३ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

अहिले पनि सिंगापुरले भाइरस नियन्त्रणका लागि दैनिक धेरै संख्यामा परीक्षण भइरहेको बताएको छ । खासगरी प्रवासी मजदूरमाथि परीक्षणलाई तीव्रता दिइएको छ ।

सिंगापुरमा प्रवासी मजदुरबाट सबैभन्दा पहिला यो भाइरस फैलिन शुरु भएको थियो । सिंगापुरको निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरु धेरैजसो दक्षिण एसियाली मुलुकबाट आउने गर्छन् । वर्क परमिट लिएर काम गर्ने उनीहरुमा कोरोना भाइरसको संक्रमण सहजै फैलिनसक्ने क्षेत्रमा बसोवास गर्छन् ।

आइतबार मात्र सिंगापुरमा नौ सय ३१ नयाँ संक्रमित फेला परे । यसमा सबैभन्दा धेरै बाहिरबाट आएका कामदार थिए । १५ संक्रमण भने स्थायी बासिन्दामा देखिएको थियो ।

परीक्षण बढाइएसँगै प्रवासी मजदुरमा अझै धेरै संक्रमण देखिन सक्ने बताइएको छ ।

सिंगापुर पनि परीक्षणको दर बढाउन तयार देखिएको छ । गत मंगलबार प्रधानमन्त्री ली सीन लुङले राष्ट्रको नाममा सम्बोधन गर्दै आफ्नै परीक्षण किट निर्माण गर्ने र बाहिरबाट पनि मगाउने काम भइरहेको बताएका थिए ।

स्वास्थ्यमन्त्री जोन किम योङले परीक्षणको विकल्प खुला राख्ने उद्देश्यका साथमा यस्तो निर्णय गरिएको बताए । सिंगापुर सबै किसिमको किट्स र परीक्षण गर्न सफल बन्न चाहेको भन्दे उनले त्यसका लागि यस्तो योजना ल्याइएको बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment