Comments Add Comment

महँगोमा सामान बिक्री गरेपछि भाटभटेनीलाई जरिवाना

१५ वैशाख, काठमाडौं । वाणिज्य विभागले टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

उपभोक्तालाई अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढीमा सामान बिक्री गरेको भन्दै सोमबार जरिवाना गरिएको विभागले जनाएको छ ।

उपभोक्तालाई बढी मूल्यमा बस्तु बिक्री गरेको गुनासो आएपछि सोमबार विभागले सुपर मार्केटमा अनुगमन गरेको थियो ।

कैफियत फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तिराइएको विभागका अनुगमन निर्देशक सागर मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment