+
+

सनराइजका ग्राहकले फूडमाण्डुबाट सामान खरिद गर्दा १० प्रतिशत क्यास ब्याक पाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १६ गते १५:४१

१६ वैशाख, काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।

ग्राहकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमन्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने छ । यो अफर लकडाउन अवधीसम्म काठमाडौं उपत्यका भित्र मात्र मान्य हुने बैंकले जनाएको छ ।

वर्तमान परिस्थितितथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसेर डिजिटल बैंकिङ्ग सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ ।

साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिट्यान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?