Comments Add Comment

गलत रिपोर्ट दिने जनकपुरको कोरोना परीक्षण ल्याब बन्द

यसअघि परीक्षण गरेकाको के गर्ने ?

१६ वैशाख, जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीको क्वारेन्टाइनमा रहेका १४ वर्षीय किशोर घर फर्किए । त्यसको केहीदिनमै टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा त्यही किशोरको रिपोर्ट पोजेटिभ आयो ।

रौतहटका दुई जनाको दुई पुरुषको पनि जनकपुरमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । क्वारेन्टाइनमा बसेका उनीहरु घर फर्किए । त्यसको १० दिनपछि टेकुमा गरिएको परीक्षणमा दुबैमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

एकपछि अर्को रिपोर्ट फेल खाएपछि जनकपुरमा स्थापना गरिएको ल्याबमाथि नै प्रश्न उठेको छ ।

जनकपुरधाममा २१ चैतदेखि पिसिआर मेसिन जडान भएर थ्रोट स्वाब परीक्षण शुरु भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयकाअनुसार अहिलेसम्म १०२ वटा स्वाब परीक्षण भएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यही नेगेटिभ देखिएकामध्ये तीन जनाको टेकुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि यो पीसीआर मेसिनबाट परीक्षण नै बन्द गरिएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले तत्कालका लागि परीक्षण स्थगन गरिएको बताए ।

पाँच दिन यता संकलन गरिएका थ्रोट स्वाबको नमुनाहरु परीक्षणका लागि टेकु नै पठाइने गरिएको छ । साथै यो मेसिन फिर्ता गरेर अर्काे ल्याउने प्रक्रिया थालिएको छ । ‘सम्भवतः भोलिपर्सिसम्म अर्काे नयाँ मेसिन आउँछ’ सचिव घिमिरेले भने ।

परीक्षण गरिएका अन्यलाई के गर्ने ?

मेसिन त साटिएला तर यसअघि परीक्षण गर्दा नेगेटिभ आएका ९९ जना संक्रमित थिएव वा थिएनन् भन्क्ने प्रश्न उठेको छ ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले यहाँ नेगेटिभ देखिएका व्यक्तिलाई कोरोनासँग कुनै मिल्दो जुल्दो लक्षण देखापरेमा तत्काल सम्पर्क गर्न आग्रह गरेको बताए ।

स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं वा धरान पठाउन समस्या हुने भएकाले प्रदेश सरकारले आफैं अर्काे मेसिन किन्न लागेको उनल बताए । सबै उपकरण भेला पर्दा समेत एउटा परीक्षण गर्न ८ हजार रुपैयाँ खर्च हुन्छ । त्यसरी गरिएको परीक्षणको रिपोर्ट पनि सही नहुनु दुःखद भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment