१८ वैशाख, काठमाडौं । सनराइज बैङ्कले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।
बैङ्कले लकडाउनको अवस्थामा पनि ‘मेरो किराना’मा गरिएको अर्डरका लागि सनराइज बैङ्कको क्युआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने भएको हो ।
वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरू गरिएको बैङ्कले जनाएको छ । घरमा नै सुरक्षितरुपमा बसी डिजिटल बैङ्किङ सुविधाको उपभोग गर्न बैङ्कले ग्राहकहरूलाई आग्रह गरेको छ ।
साथै बैङ्कले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिएम नेटवर्क, अनलाइन बैङ्किङ सेवाका साथै केही नगद काउन्टर, रेमिटयान्स सेवाहरू सुचारु राख्दै आएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4