Comments Add Comment

भारतीय पूर्वखेलाडी चुन्नी गोस्वामीको निधन

१८ वैशाख काठमाडौं । भारतीय फुटबल टिमका पूर्वकप्तान चुन्नी गोस्वामीको ८२ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका गोस्वामीको बिहीबार कोलकतामा निधन भएको भारतीय अनलाइन स्पोर्टस् स्टारले जनाएको छ । मुटुमा देखिएको समस्याका कारण उनको निधन भएको हो ।

गोस्वामीले फुटबलमा भारतको कप्तानी गर्दै सन् १९६२ मा एसियन गेम्सममा स्वर्ण पदक जिताएका थिए । उनले फस्ट क्लास क्रिकेट समेत खेल्दै बेंगाल टिमलाई रणजी ट्रफीको फाइनलमा पुर्‍याएका थिए ।

त्यसको दुई वर्षपछि एसिया कपमा भारतले रजत पदक जितेको थियो । उनले सन् १९५६ देखि १९६४ सम्म भारतका लागि ५० भन्दा बढी खेल खेलेका थिए ।

८ वर्ष फुटबल खेलेका गोस्वामीले २७ वर्षको उमेरमै सन्यास लिएका थिए । त्यसपछि उनले क्रिकेट खेल्न थालेका थिए । उनी सन् १९७१–७२ मा बेंगाल टिमको कप्तान चयन भए । जसमा उनले बेंगाललाई रणजी ट्रफीको फाइनलसम्म पुर्‍याएका थिए ।

उनले ४६ फस्ट क्लास क्रिकेट खेले । अलराउण्डर समेत रहेका गोस्वामीले एक शतकसहित १ हजार ५ सय ९२ रन बनाएका थिए । यस्तै ४७ विकेट समेत लिएका थिए ।

उनले भारतीय चर्चित क्लब मोहन बगानबाट समेत खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment