Comments Add Comment

कलेजोमा बोसो जम्नु कति हानिकारक ?

कलेजोले भोजनमा भएको पोषक तत्व जस्तै भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट आदिलाई अलग-अलग गर्छ। अनि शरीरको आवश्यकताअनुसार शरीरको भिन्दाभिन्दै ठाउँमा पुर्‍याउँछ ।

यसले केही पोषकतत्व भण्डारण पनि छ । जब शरीरलाई तुरुन्त उर्जाको आवश्यकता हुन्छ, त्यसबेला यसको काम आउँछ । यदि कलेजोमा कुनै समस्या आयो भने भोजनबाट लिएको पोषक तत्व शरीरको सबै अङ्गले ठिकसँग प्राप्त गर्न सक्दैन ।

फ्याटी लिभर यस्तै एक समस्या हो, जसले कलेजोलाई कमजोर बनाउँछ । त्यति मात्र होइन, यो क्यान्सरको कारणसमेत बन्न सक्छ ।

जबकि खानपान र जीवनशैलीमा थोरै सचेत हुने हो भने, फ्याटी लिभरबाट बच्न सकिन्छ ।

फ्याटी लिभर भएमा कलेजोमा बोसो जम्ने गर्छ । कलेजोमा ५ देखि दश प्रतिशतभन्दा अधिक बोसो जमेमा फ्याटी लिभर हुन्छ ।  जीवनशैलीमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । यसको कुनै संकेत हुँदैन । यद्यपि, समयमै उपचार नगरे यसले स्वास्थ्यमा दीर्घकालीन तथा गम्भीर समस्या निम्त्याउँछ ।

चिकित्सकका अनुसार फ्याटी लिभर दुई किसिमको हुन्छ । एक अल्कोहोलिक फ्याटी लिभर जसमा अल्कोहलको अत्याधिक सेवनले लिवर ( कलेजो) सुन्निन थाल्छ र त्यसमा फ्याट (बोसो) जम्न थाल्छ ।

दोश्रो ननअल्कोहोलिक फ्याटी लिभर हो । जसमा अन्यको कारणले गर्दा लिभरमा फ्याट जम्मा हुनेगर्छ । दुवै अवस्थामा फ्याटी लिभर जटिल मानिन्छ, जसले गर्दा यसबारे जान्न जो कसैका लागि आवश्यक छ ।

लक्षण

ननअल्कोहोलिक फ्याटी लिभरको सामान्यतया कुनै लक्षण हुँदैन । तर, फ्याटी लिभर भएमा स्वास्थ्यमा यस्ता परिवर्तन देखिन्छ ।

–थकान

–पेटको दायाँ भागको माथिल्लो भागमा असहय पीडा हुने

–तौल कम हुनु

कसरी बच्ने त ?

–जीवनशैली सुधार्ने

–नियमित व्यायाम तथा योग गर्ने

–उचित समयमा चिकित्सकसित परामर्श गर्ने र उपचार सुरु गर्ने

ननअल्कोहलिक फ्याटी लिभरको कारण

बदलिँदो जीवनशैली, गलत खानपान तथा व्यायामको कमीका कारण  मानिसहरूमा मोटोपना, मधुमेह, उच्च कोलेस्ट्रोल लगायत विभिन्न समस्या हुने गरेको छ। यस्ता समस्या भएमा फ्याटी लिभर हुनेगर्छ ।

अल्कोहल नलिने मानिसलाई पनि यो तीन समस्या भएमा फ्याटी लिभर हुनेगर्छ । समयमै यसको उपचार नगरे लिभर सिरोसिस (कलेजो कडा हुने समस्या) भई लिभर बिग्रन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment