Comments Add Comment

भंगहामा मृत्यु हुनेको परिवारलाई नगरपालिकाले किरिया खर्च दिने

१९ वैशाख, जनकपुरधाम । अज्ञात रोगका कारण मृत्यु भएको भनिएका महोत्तरीको भंगहा नगरपालिकाका ७ जनाको परिवारलाई नगरपालिकाले किरिया खर्च दिने भएको छ ।

नगरपालिका प्रमुख सञ्जीवकुमार साहले मृत्यु भएका सबैको परिवारलाई २१ हजार रुपैयाँका दरले किरिया खर्च उपलब्ध गराइने जानकारी दिए ।

‘नगरपालिकाका अधिकृत काठमाडौं जानुभएको छ, आउनेबित्तिकै यो रकम उनीहरुलाई उपलब्ध गराउँछु’ प्रमुख साहले भने ।

भंगहा नगरपालिका वडा नम्बर ७ मेघनाथ गोरहन्नामा दुई दिनभित्र ६ जनाको मृत्यु र एक साताअघि १ जनाको अज्ञात रोगका कारण मृत्यु भएको छ । यी सबैको मृत्यु रक्सी सेवनले भएको आशंका गरिए पनि अन्य अनुसन्धान भइरहेको नगर प्रमुख साहले जानकारी दिए ।

‘मृत्यु भएकामा र्‍यापिड टेस्ट विधिबाट कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ’ उनले भने, ‘एक जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ रिपोर्ट आइसकेको छैन ।’

यद्यपी उनले उनीहरुको मृत्यु रक्सी सेवनकै कारण भएको बताए । ‘म ९९ प्रतिशत दावीका साथ भन्छु उनीहरुको मृत्युको कारण घरेलु रक्सी नै हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment