Comments Add Comment

एक महिनाअघि भारतबाट आएका थिए नेपालगञ्जका कोरोना संक्रमित

१९ वैशाख, बुटवल । बाँकेको नेपालगञ्जका कोरोना संक्रमित ६० वर्षका पुरुष एक महिनाअघि भारतको बहराइचबाट आएको खुलेको छ ।

उनी मदरसा र मस्जिदमा नमाज पढाउने मुस्लिम समुदायका व्यक्ति हुन् । उनी एक महिनाअघि महेन्द्र वहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा कर्णाली अञ्चलका विभिन्न जिल्लाका पाँच सयजना भन्दा बढी व्यक्तिसंगै क्वारेन्टाइनबाट बसेका थिए ।

क्वारेन्टाइनमै रहेका बेला भागाभाग गरेका मध्ये धेरैजसो कर्णाली अञ्चलका विभिन्न जिल्लातिर गए भने उनी भारतको बहराइचतिर घुम्न गएका थिए । उनी भारतबाट नेपालगञ्ज आउने जाने गरिरहेका थिए ।

उनमा कोरोना संक्रमण हुनसक्ने देखेर नेपालगञ्जमै पीसीआर जाँच गर्दा कोभिड–१९ पोजेटिभ देखिएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको र रुघाखोकी केही नलागेको प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयका डा. उमाशंकर चौधरीले जानकारी दिए ।

उनीसंग सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी (ट्रेसिङ) कार्य शुरु भइसकेको उनले बताए । कोरोना संक्रमित व्यक्ति गाउँ छाडेर मस्दिजमै बस्दै आएका थिए ।

यो पनि पढ्नुहोस रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित यो पनि पढ्नुहोस दुई साताअघि भारतबाट आएका थिए रुपन्देहीका कोरोना संक्रमित युवक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment