Comments Add Comment

मनकारी खेलाडी : पुरस्कारको रकमबाट विपन्नलाई राहत

१९ वैशाख, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागमा टेबल टेनिस खेलतर्फ महिला टिम इभेन्ट्समा कास्य पदक जितेकी एलिना महर्जनले पुरस्कार बापतको रकमबाट २ सय विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकी छन् ।

महर्जनले पुरस्कार बापत प्राप्त रकम मध्ये ५० प्रतिशत अर्थात एक लाख रुपैयाँले खाद्यान्न खरिद गरी विपन्न परिवारलाई राहत वितरण गरेकी हुन् । एलिनाले काठमाडौंकाे खुसिँबुस्थित वडा नम्बर १७ का विपन्न परिवारलाई राहत विरण गरेकी हुन् ।

कोरोना भाइरसका कारण दैनिक गुजारा गर्न समस्यामा परेका प्रति परिवारलाई उनले ५ किलो चामल, १ किलो दाल, १ किलो चिउरा, १ प्याकेट नुन र १ प्याकेट तेलका दरले खाध्यान्न वितरण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment