Comments Add Comment

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२१८ पुग्यो

२० वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय १८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

साथै यो अवधिमा दुई हजार दुई सय ९३ जना नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३७ हजार तीन सय ३६ पुगेको छ ।

महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या ११ हजार पाँच सय ६ पुगेको छ भने चार सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा चार हजार सात सय २१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ३६ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि दुई हजार सात सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो राज्यमा एक सय ४५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, उत्तर प्रदेशमा संक्रमित संख्य दुई हजार तीन सय २८ पुगेको छ भने ४२ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि सात सय ९५ जनामा संक्रमण पुष्टि हुँदा ३३ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि अहिलेसम्म चार सय ७१ जनामा भाइरसको संक्रमण देखिँदा तीनजनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment