Comments Add Comment

फुटबलर समीक्षाको उपचारका लागि राष्ट्रिय टिमको सहयोग

२१ वैशाख काठमाडौं । आँखामा लागेको गम्भीर चोटको उपचार गराइरहेकी यू १६ महिला फुटबल खेलाडी समीक्षा मगरलाई आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

शनिवार राष्ट्रिय महिला टिमको तर्फबाट हरि खड्काले ५० हजार नगद सहयोग घोषणा गरेका छन् । एन्फा महिला विभाग प्रमुख हरि खड्काले नेपाली राष्ट्रिय महिला टोली र महिला विभाग र अफिसियलहरुकोतर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । खड्का महिला टिमका पूर्वप्रशिक्षकसमेत हुन् ।

बैशाख १२ गते उदयपुरस्थित घर नजिकै काम गर्ने शिलशिलामा ढुंगा उछिट्टियर लागेपछि समीक्षाको दायाँ आँखामा गम्भीर चोट लागेको थियो । अस्पताल पुर्‍याउन ढिला भएकाले उनको तत्कालै शल्यक्रिया गर्न सम्भव नभएको र अहिले विराटनगरस्थित आँखा अस्पतालमा राखिएको प्रशिक्षक भगवती राना मगरले जानकारी दिइन् ।

शनिवार ए डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दीले समीक्षाको लागि क्लबको तर्फबाट ३० हजार रुपैयाँ सहयोग घोषणा गरेको छ ।

यसअघि शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फा र विराट सांग्रिला स्पोर्टिङ क्लबले समान २५ हजार आर्थिक सहयोग गरेका थिए ।

समीक्षाको आँखाको शल्यक्रिया गर्ने तयारी भइरहे पनि उनको आँखाको ज्योती पुरानै अवस्थामा फर्काउन भने सम्भव नरहेको डाक्टरले जनाएको प्रशिक्षक भगवती राना मगरले बताइन् ।

विद्यालयस्तरिय क्वीक्स कप फुटबल खेलिसकेकी समीक्षा राम्रो खेलाडी रहेको भवगतीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment