Comments Add Comment

नम्रताको हातमा गितार

नायिका नम्रता श्रेष्ठ लकडाउनका कारण घरमै छिन् । तर, लकडाउनको समयमा पनि उनी सामाजिक काममा पनि सक्रिय देखिएकी छिन् । उनै नम्रताले शनिबार सामाजिक सञ्जालमा केही तस्वीर पोष्ट गरिन्। जहाँ उनी हातमा गितार लिएर मुस्कुराइरहेकी छिन् ।

नम्रताले आफू गितार बजाउने तयारीमा लागेको तर निकै लाज पनि लागिरहेको उल्लेख गरेकी छिन् । नम्रताका अनुसार उनले बजाउँदा गितारबाट निस्किएको धुन नै खराब छ।

यसको अर्थ, नम्रता गितार बजाउन सिकिरहेकी छिन्। नेपाली चलचित्र क्षेत्रका कलाकारहरूले लकडाउनको समयमा नयाँनयाँ कुरा सिकिरहेका छन् ।

नम्रताले पनि लकडाउनको समयमा गितार बजाउन सिकिन् भने पक्कै पनि उनको आगामी चलचित्रका लागि काम लाग्ने विश्लेषण गरिएको छ । नम्रताले गतवर्ष चलचित्र ‘जाइरा’ रिलिज भएपछि नयाँ चलचित्र साइन गरेकी छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment