+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ज्याकलिन लेख्छिन्–‘सलमान हरेक दिनका लागि आभारी छन्’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते १२:४३

बलिउड नायक सलमान खान लकडाउनका कारण आफ्नो पनवेल फार्म हाउसमा छन् । उनको साथमा नायिका ज्याकलिन फर्नान्डेज पनि छिन् । उनीहरूले केही समय एकसाथ भएको खबर लुकाउन चाहिरहेका थिए । तर, पछि दुवैले एक अर्काको तस्वीर सेयर गर्दै एकसाथ रहेको जानकारी फ्यानहरूलाई दिएका थिए।

ज्याकलिनले सेयर गरेको एक तस्वीरमा सलमानले जिम गरिरहेको देखिन्छ। ज्याकलिन सलमानको जिममा पसिना बगाउँदै गरेको तस्वीर सेयर गर्दै लेख्छिन्–‘यो उपहार हो या मेहनतको फल। मलाई लाग्छ सलमान हरेक दिनका लागि आभारी छन् । भगवानले आज उनलाई जुन स्थान दिएका छन् यसलाई उनी निकै नै इज्जत गर्छन् । सलमान खान फ्यानका लागि अझै थुप्रै सरप्राइज लिएर आउँदैछन्। तपाईहरू सुरक्षित रहनुहोला ।’

केही दिन अगाडि सलमानले ज्याकलिनले लुकेर आफ्नो तस्वीर खिचेको भन्दै ट्विट गरेका थिए । बलिउडमा कुनै समय सलमान र ज्याकलिनबीचको प्रेम चर्चामा थियो । सलमानले बलिउडमा ज्याकलिनलाई करिअर बनाउन साथ दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?