+
+
Shares

नबिलको सबै खाता निःशुल्क खोली कारोबार गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते २१:३२

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाईन मार्फत सहज तथा सरल तरिका बाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने सुविधा थालेको छ ।

यस अन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिंग, मोबाइल बैंकिंग जस्ता डिजिटल बैंकिंग सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् । मोबाइल बैंकिंग सुबिधाअन्तर्गत ग्राहकहरुले रिचार्जर् गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु समेत घरबाट मोबाइलमार्फत गर्न सक्नेछन् ।

साथै यो सुविधा कोभिड १९ संक्रामण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?