+
+
Shares

विदेशबाट रामेछाप आएका सबैको रिपोर्ट नेगेटिभ

नवराज पथिक नवराज पथिक
२०७७ वैशाख २२ गते ११:३६

२२ बैशाख, मन्थली । रामेछाप जिल्लामा देश बाहिरबाट आएका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म रामेछापमा एक सय ८६ जनाको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।

कर्णका अनुसार मन्थली नगरपालिकामा २४ जना र रामेछाप नगरपालिकामा २६ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको थियो । यसैगरी गोकुलगंगा गाउँपालिकामा ४१ जना, खाँडादेवी गाउँपालिकामा ४०, सुनापति गाउँपालिकामा २१, दोरम्बा गाउँपालिकामा १५, उमाकुण्ड गाउँपालिकामा ११, लिखुतामाकोसी गाउँपालिकामा ६ र जिल्ला अस्पतालमा दुई जनाको आरडीटी प्रविधिबाट परीक्षण गरिएको थियो ।

४ जना शंकास्पद बिरामीको स्वाब परीक्षण गर्न काठमाडौँ पठाइएकोमा उनीहरूको रिपोर्ट पनि नेगेटिभ आएको छ । तीमध्ये एक पुरुषको उच्च ज्वरोको कारण मृत्यु भएको थियो । यो परीक्षणसँगै विदेशबाट रामेछाप आएकाहरूको परीक्षण सकिएको प्रमुख कर्णले बताए ।

अहिले जिल्लाका विभिन्न स्थानमा ३० जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । दोरम्बा गाउँपालिकामा वैशाख ५ गते काठमाडौँबाट आएका ९ जना र उमाकुण्ड गाउँपालिकामा भारत, काठमाडौंलगायतका स्थानबाट आएका २१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी हालसम्म जिल्लामा तीन सय ३१ शय्या क्वारेन्टाइन र ६१ शय्या आइसोलेसन निर्माण गरिएको छ ।

तर, यी क्वारेन्टाइन र आइसोलेनसको गुणस्तर सुधार गर्नुपर्ने जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?