+
+

सिराहामा राहतको विषयमा झडप, ९ राउण्ड हवाई फायर

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १५:५३
फाइल तस्वीर

२२ वैशाख, जनकपुरधाम । राहत वितरणका क्रममा सिराहाको मिर्चेयामा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झडप भएको छ । झडपका क्रममा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् ।

मिर्चेया नगरपालिका वडा नम्बर ७ मा पछिल्लो तीन दिन यता विपन्नलाई राहत वितरण गरिँदै आएको छ । सोमबार राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो-हल्ला गर्दै राहत वितरण नै बिथोल्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरेका छन् । सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी विनोद घिमिरेले हो हल्ला गर्नेहरुले ढुंगा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाई फायर गर्नुपरेको बताए ।

स्थानीयले राहत लिनेको सूचीमा धनीको नाम समावेश गरिएको भन्दै विरोध जनाएका थिए । अहिले यहाँको अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?