+
+

अर्थतन्त्रमा कोभिड १९ को असर अध्ययन गर्न कांग्रेसले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १४:०२

२४ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) को महामारीले नेपालको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन र विश्लेषण गर्न अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको छ ।

वैशाख १७ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार नेपालमा कोभिड १९ को असर अध्ययन गरी पार्टीको दृष्टिकोण बनाउन सभापति शेरबहादुर देउवाले पूर्वअर्थमन्त्री तथा केन्द्रीय सदस्य डा. रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय विशेष समिति गठन गरेका हुन् ।

समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका नेता र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर नेतृत्व गरेका अर्थशास्त्रीहरु रहेका छन् ।

समितिको सदस्यरमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा.नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चीनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदयशम्शेर राणा रहेका छन् । त्यस्तै डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले पनि समितिमा रहेका छन् ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?