Comments Add Comment

गगन थापाको प्रस्ताव : एसईई खारेज गरौं

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले अहिले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने  बताएका हुन् ।

त्यसको सट्टा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिने थापाले बताए । ‘एसईई परीक्षा खारेज गर्ने मौका हो, विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर जान दिनुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment