+
+
Shares

लकडाउन उल्लंघन गर्नेलाई २ घण्टा सडकमै उभ्याएर प्रशिक्षण

टोपराज शर्मा टोपराज शर्मा
२०७७ वैशाख २४ गते १७:४६

२४ वैशाख, बुटवल । बुटवलमा लकडाउनको उल्लंघन गरेर सवारी साधन चलाउलाई सडकमै उभ्याएर राख्न थालिएको छ । अत्यावश्यक कामविनै बजारमा निस्किएका सवारी साधन चालकलाई प्रहरीले दुई घण्टासम्म नियन्त्रण लिने र छाड्ने गरेको छ ।

बुधबार बुटवलको अस्पताललाइन, बसपार्क र राजमार्ग चौराहामा दुई सय बढी सवारी साधनलाई सडकमै रोकेर प्रहरीले चालकहरुलाई दुई घण्टासम्म उभ्याएर प्रशिक्षण दिएर मात्रै छाडेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले एक सय ५० मोटरसाइकल, ५० वटा स्कुटर र चार वटा कारलाई रोकेर दुई घण्टा प्रशिक्षण दिएर फर्काइदिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए ।

‘सरकारको निर्देशन अटेर गरेर चलाइएका सवारी साधन रोकेर दुई घण्टा प्रशिक्षण दिएर मात्रै छाड्ने गरेका हौं’ डीएसपी भट्टराईले भने, ‘यसलाई कारवाही भन्दा पनि कोरोना महामारी रोकथाम र नियन्त्रणमा सचेतनाका रुपमा बुझ्नु उपयुक्त होला ।’

बुधवारदेखि बुटवल र आसपासका क्षेत्रमा प्रहरीले चेकजाँचलाई कडाई गरेको उनले बताए । बुटवल उप–महानगरपालिकाले हरेक दिन बिहान ८ बजे देखि साँझ ५ वजेसम्म किराना तथा खाद्य पसलहरु खुल्ला राख्न दिएपछि बजारमा दैनिकजसो मानिसहरुको आवागमन बाक्लिदै गएको थियो । त्यस्ता पसलहरुमा सामान किनमेल गर्दा सामाजिक दुरी समेत कायम गरिएको पाइदैन ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?