+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पाठ्यपुस्तक पसल खोल्न दिने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १९:४०

२४ वैशाख, काठमाडौं । सरकारले लकडाउनको समयमा सीमित पाठ्यपुस्तक बिक्री गर्ने पसललाई सञ्चालन गर्न दिने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जनक शिक्षा सामग्र्री केन्द्रद्वारा मुद्रित पुस्तक बिक्री गर्ने पुस्तक पसललाई सञ्चालन गर्न दिने निर्णय गरेको हो।

सरकारले कोरोना भाइरस कोभिड-१९ को रोकथामका लागि आह्वान गरेको लकडाउन जेठ ५ गतेसम्मको लागि थप गरेको छ ।

थप गरिएको लकडाउनको समयमा केही सेवालाई छुट दिने क्रममा सीमित पुस्तक पसल सञ्चालनमा समेत छुट दिएको हो ।

साथै, मन्त्रिपरिषद्ले जनक शिक्षा सामग्री केन्द्रद्वारा अनुमति प्राप्त पुस्तक ढुवानी गर्ने सवारी साधनलाई समेत लकडाउनमा सञ्चालनको अनुमति दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?