+
+

सप्तरीका तीन उद्योगमा सिलबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १९:५५

२४ वैशाख, सप्तरी । अनुज्ञा पत्र नलिई सञ्चालन गरेको भन्दै सप्तरीका तीन वटा खाद्य उद्योगलाई बुधबार सिलबन्दी गरिएको छ ।

जिल्लाको हनुमाननगर कंकालनी नगरपालिकाभित्रका तीन उद्योगमा सिलबन्दी गरिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय, राजविराजले जनाएको छ ।

कार्यालय प्रमुख सुरेश सिंहका अनुसार नगरपालिकाको वडा नम्बर ९ स्थित नारायणी फिड्स एण्ड स्न्याक उद्योग र नारायणी च्यूरा तथा भुजा उद्योग तथा वडा नम्बर ३ स्थित माँ सरस्वती फुड प्रोडक्टमा सिलबन्दी गरिएको हो ।

उद्योगमा सिलबन्दी गर्दै तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिइएको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?