Comments Add Comment

युवालाई विना धितो ऋण दिन तिलोत्तमाले माग्यो प्रस्ताव

२५ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिना धितो सहुलियत ऋण लिन चाहनेहरुबाट प्रस्ताव माग गरेको छ ।

कोरोना महामारीका कारण रोजगारी गुमाएका र स्वरोजगार हुन चाहने बेरोजार १८ देखि ५० वर्षसम्मका व्यक्तिबाट ४ लाख रुपैयाँसम्मको प्रस्ताव माग गरिएको छ । प्रस्तावका आधारमा नेपाल बैंक लिमिटेडबाट कर्जाको व्यवस्था गरिदिने मेयर वासुदेव घिमिरेले बताए ।

‘नगरलाई खाद्यान्न, तरकारी र पशुपालनमा आत्मनिर्भर गराई बाहिर निर्यात गर्न सक्ने बनाउने लक्ष्यमा यसले मद्दत गर्नेछ’ उनले भने । सहुलियतपूर्ण ऋण दिन नगरपालिकाले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सहुलियतपूर्ण कर्जाको व्याजदर पुरुषको हकमा वार्षिक ४.५ प्रतिशत र महिलाको हकमा वार्षिक ३.५ प्रतिशत रहेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । इच्छुक व्यक्तिले जेठ ५ गतेसम्म प्रस्ताव पठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment