+
+
Shares

ऐनकै व्यवस्था जगाउने अध्यादेश राष्ट्रियसभामा पेश हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते १९:२८
Photo Credit : फाइल तस्वीर

२५ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन सुरु भएकै दिन शुक्रबार राष्ट्रिय सभामा अध्यादेश खारेज गरी ऐनको पुरानै व्यवस्था जगाउनेसम्बन्धी अध्यादेश पेश गर्ने तयारी भएको छ ।

सरकारले केही समयअघि राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी छुट्टाछुट्टै दुई अध्यादेश ल्याएको थियो । तर, चर्को आलोचना भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले दुबै अध्यादेश खारेज गरेकी थिइन् ।

तर, अध्यादेश खारेज भएसँगै संशोधन गरिएका साविकका कानुनका व्यवस्था समेत खारेज भएका थिए । त्यसैले सरकारले खारेज भएको ऐनका साविकको व्यवस्था जगाउनेसम्बन्धी अध्यादेश ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?