Comments Add Comment

कोरोना भाइरस अरू खतरनाक हुँदै गएको हो ?

कोरोना भाइरसबारे वैज्ञानिकहरू विभिन्न अध्ययन-अनुसन्धानमा जुटेका छन् । अहिलेसम्म भएका सम्पूर्ण शोध-अध्ययनअनुसार कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्दै गएका छन् । त्यसमध्ये एक किसिमको भाइरसबाट मात्र संक्रमणको खतरा छ । सामान्यतः भाइरसमा यस किसिमको परिवर्तन आउनु त्यति भयानक कुरा भने होइन। यद्यपि कोरोना भाइरसको स्वरुपमा भइरहने परिवर्तनले यसविरुद्ध खोप तयार गर्नमा भने असर गर्नेछ। यसै सन्दर्भमा बिबिसी हिन्दी अनलाइनको यो रिपोर्ट यहाँ साभार गरिएको छ ।

अमेरिका र बेलायतका शोधकर्ताहरूले भनेका छन्, उनीहरूले नोवेल कोरोना भाइरसमा सैयौं बद्लाव देखे । तर, यसले संक्रमणमा कस्तो असर पुग्न सक्छ ? अहिलेसम्मका कुनैपनि शोधले यो कुरा भने पुष्टि गरेको छैन । साथै उक्त भाइरसविरुद्ध भ्याक्सिन कति प्रभावकारी होला ?

भाइरसमा बदलाव आउनु सामान्य कुरा हो । प्रश्न त यो हो कि यसमा कुन किसिमको बदलावले संक्रमणको गम्भीरता वा तीव्रतामा असर पर्न सक्छ ?

अमेरिकामा भएको सुरुवाती अनुसन्धानअनुसार नोवेल कोरोना भाइरसमा एक खास बदलाव डी-६१४ जी बढी हाबी भइरहेको छ। यसकै कारण कोभिड-१९ का बिरामी धेरैजसो संक्रमित हुन सक्छन् । यद्यपि यो अनुसन्धानबारे औपारिक रुपमा प्रकाशित भएको छैन । साथसाथै दोस्रो वैज्ञानिकले यसको समीक्षा पनि गरेका छैनन् ।

न्यु मेक्सिकोमा लस ऐलेमास नेसनल ल्याबका शोधकर्ता कोरोना भाइरसमा भइरहेको त्यही परिवर्तनको ट्र्याक गर्ने कोसिस गरिरहेका छन् । जसमा यस भाइरसको आकार बदलिन्छ । यो अनुसन्धान ग्लोबल इनिसिएटिभ अन सेयरिङ अल इन्फ्लुएन्जा डेटाको डेटाबेसका आधारमा गरिँदैछ ।

वैज्ञानिकले के देखे भने, यही खास परिवर्तन (डी६१४ जी) को कारण कोरोना भाइरस बढी तीव्र गतिमा फैलिँदैछ। यसको नतिजा के हुनेछ, अहिलेसम्म स्पष्ट छैन ।

भाइरसमा बदलाव भयानक कुरा होइन

कोरोना संक्रमितबाट जुटाइएको डेटाको विश्लेषण सेफिल्डमा ब्रिटेनका शोधकर्ताहरूले पनि गरेका छन्। उनीहरूका अनुसार परिवर्तन भएका कोरोना भाइरस (डी६१४ जी)बाट संक्रमित व्यक्ति धेरै थिए । तर, यो संक्रमणबाट रोगीहरू कति गम्भीर छन् ? यसबारे भने कुनै प्रमाण मिलेको छैन ।

युनिभर्सिटी कलेज लन्डनमा भएको अर्को एक अध्ययनअनुसार कोरोना भाइरसमा भइरहेको एक सय ९८ परिवर्तनको पहिचान भएको छ ।

यस शोधमा सामेल प्रोफेसर फ्रास्वा बैलुका अनुसार, ‘भाइरसमा बदलाव आउनु आफैँमा भयानक कुरा होइन । तर, अहिलेसम्म हामीसँग त्यस्ता कुनै प्रमाण छैन कि कोरोना भाइरस सामान्य वा तीव्र रुपमा बदलिइरहेका छन् । त्यसैले अहिलेसम्म हामीले भन्न सकिरहेका छैनौं कि यो सार्सभन्दा बढी ज्यानमारा वा संक्रामक हो ?’

त्यसो त ग्लास्गो युनिभर्सिटीका केही शोधकर्ताले पनि कोरोना भाइरसको परिवर्तनबारे विश्लेषण गरेका छन् । उनीहरूका अनुसार यो परिवर्तन चिन्ताको विषय होइन ।

उनीहरूको निष्कर्ष के छ भने खासमा कोरोना भाइरसमा परिवर्तन भएको छैन र अहिलेपनि एकै किसिमको भाइरसले कोभिड-१९ को रोग फैलाइरहेको छ ।

कोरोना भाइरसमा भइरहेको सानासाना परिवर्तनमा निगरानी गर्नु र त्यसको विश्लेषण गर्नु यसकारण पनि जरुरी छ कि जसले यसविरुद्धको भ्याक्सिन अर्थात् खोप तयार गर्न सकियोस् ।

कोभिड-१९ का लागि अहिलेसम्म कुनै खोप बनाउने कामले पूर्णता पाइसकेको छैन । तर, भाइरसमा परिवर्तन भइरहेमा खोप अरू कम प्रभावकारी हुनेछ । अहिलेसम्म यी कुरा केवल सैद्धान्तिक रुपले मात्र भन्न सकिन्छ । वैज्ञानिकसँग भइरसको परिवर्तनको प्रभाव सावित गर्नका लागि अहिलेसम्म पर्याप्त प्रमाण छैन ।

रैशेन श्रेयर, बीबीसी हेल्थ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment