Comments Add Comment

यस्तो थियो प्लेग महामारीका बेलाको पीपीई : मास्कमा ठुँड, ठुँडभित्र जडीबुटी

विश्वमा अहिले फैलिरहेको कोरोना भाइरस महामारीमा बिरामीहरुको उपचारमा खटिइरहेका स्वास्थ्यकर्मीहरुले लगाउने व्यक्तिगत सुरक्षा पहिरन अर्थात् पीपीई त हामीले देखेकै छौँ । जीउ पूरै ढाक्ने त्यो पहिरन लगाएको देख्दैमा अत्यास लाग्ने खालको छ । अझ सत्रौँ सताब्दीमा फैलिएको प्लेग रोगको महामारीका बेला डाक्टरहरुले लगाउने पहिरनको तस्वीर देख्नुभयो भने त झनै तिनछक पर्ने पक्का छ ।

तर बेलायती डाक्टरहरुका अनुसार सत्रौ शताब्दीको प्लेग महामारीका बेला स्वास्थ्यकर्मीहरुले प्रयोग गरेको पीपीई अहिलेको भन्दा बढी सुरक्षित र प्रभावकारी थियो ।
बेलायतको रोयल क्रेस्सेन्ट सर्जरीका वरिष्ठ डाक्टर जोन ओरेलले आफ्नो परिवारका सदस्यहरुले विभिन्न ढाँचाका पीपीईलगाएको भिडियो सार्वजनिक गरेका छन् ।

त्यसमध्ये दुईजनाले अहिलेको आधुनिक पीपीइ लगाएका छन् भने एकजनाले सत्रौँ सताब्दीका डाक्टरहरुले लगाएको पीपीई लगाएका छन् ।

प्लेग महामारीका बेला स्वास्थ्यकर्मीहरुले लगाएको भनिएको पीपीईको डिजाइन निकै अनौठो देखिन्छ ।

त्यसमा पूरै जीउ ढाक्ने ओभरकोट, फराकिलो टोपीका साथै चुच्चे मास्क र आँखामा चस्मा रहेको छ । त्यस्तै पीपीइ सेटमा हातमा पञ्जा तथा खुट्टामा लगाउने अग्ला बुट पनि रहेका छन् । मास्कमा चाहिँ नाकको भाग चराको ठुँड जस्तै बनाइएको छ ।

तत्कालीन फ्रेन्च डाक्टर चाल्र्स डी लोर्मेले डिजाइन गरेको विश्वास गरिएको उक्त अनौठो डिजाइनको पीपीई बेलायती डाक्टरहरुले सन् १६६५ देखि १६६६ सम्म बेलायतमा फैलिएको प्लेग महामारीका बेला लगाएका थिए ।

पीपीईको मास्कको भागमा रहेको नाकको ठुँडमा विभिन्न खाले जडीबुडी राखिएको हुन्थ्यो र सुगन्ध आइरहन्थ्यो । उक्त सुगन्धले भाइरसलाई स्वासबाट भित्र छिर्न नदिने विश्वास गरिन्थ्यो । डेलीबेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment