+
+
Shares

राष्ट्रियसभा कांग्रेस संसदीय दलको सचेतकमा देवकोटा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १६:३४

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको सचेतकमा सांसद अनीता देवकोटालाई मनोनित गरेको छ ।

पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले शुक्रबार देवकोटालाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् ।

यसअघि राष्ट्रियसभा कांग्रेस संसदीय दलको सचेतकको जिम्मेवारी सरिता प्रसाईंले सम्हालेकी थिइन् । उनको २ वर्षे कार्यकाल समाप्त भएपछि खाली रहेको पदमा देवकोटाले जिम्मेवारी पाएकी हुन् ।

सचेतकको जिम्मेवारीसहितको पत्र शुक्रबार पाएको देवकोटाले जानकारी दिइन् । उनले इमान्दारीपूर्वक प्राप्त जिम्मेवारी निर्वाह गर्ने समेत बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?