+
+

रौतहटका स्थानीय तहलाई स्वास्थ्य सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १६:५२

२६ वैशाख, रौतहट । रौतहटका स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । १६ वटा नगरपालिका र २ गाँउपालिका गरी १८ वटा स्थानीय तहलाई अक्सफाम नेपालको सहयोगमा ग्रामिण विकास केन्द्रले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

कोराना संक्रमण रोकथामका लागि पालिका स्तरमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षित राख्न पीपीई, मास्क, सेनिटाइजर, थर्मल गन लगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको ग्रामिण विकास केन्द्र (आरडीसी) का अध्यक्ष पारस हुसेनले बताए ।

जिल्ला अस्पताल गौर, चन्द्रनिगाहपुर अस्पताल, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा संचारकर्मीहरुलाई समेत स्वास्थ्य स्वच्छता सामग्री वितरण गरिएको अध्यक्ष हुसेनले बताए ।

लकडाउनका कारण समस्यामा परेका इशनाथ, राजपुर, परोहा नगरपालिका तथा दुर्गाभगवती र युमनामाई गाँउपालिकाका १ हजार ८ सय विपन्न परिवारलाई समेत आरडीसीले खाद्यान्न सामग्री वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?