
नेपाली चलचित्र क्षेत्रमा हरेक वर्ष नयाँ नयाँ अनुहार भित्रिन्छन् । तर, सबै अनुहारले सफलता भने पाउदैनन् ।
नायिका आश्मा गिरीले चलचित्र ‘ड्रिम गर्ल’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखिन् । उक्त चलचित्रमा काम गर्नु अगाडि उनले वेव सिरिजमा काम गरेकी थिइन् ।
यो वेव सिरिजले चर्चा पाएपछि उनले ‘ड्रिम गर्ल’ नामक चलचित्रमा नायक आकाश श्रेष्ठको जोडी बनेर काम गर्ने मौका पाएकी थिइन् । चलचित्र व्यापारिक रुपमा सफलता नभएपछि उनको सफल हुने आशा निराशामा बदलियो ।
उनै, आश्मा आज आफ्नो जन्मदिन मनाउँदैछिन । आश्माले परिवारसँग आफनो जन्मदिन मनाइन् ।
उनले नयाँ चलचित्र ‘मन परेसी’ साइन गरिसकेकी छिन् । तर, यो चलचित्रको छायांकन कहिले सुरु हुन्छ पक्का छैन । आश्मा चलचित्र क्षेत्रमा आफूले केही गर्न चाहेको बताउँछिन् । आश्माको आशा कहिले पुरा होला, पर्खनै पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4