+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

३६ दिनपछि निको भएर फर्किइन् सुदूरपश्चिमकी संक्रमित महिला

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १८:१०

२६ वैशाख, कैलाली । नेपालको पहिलो कोरोना स्थानीय संक्रमित महिला निको भएर घर फर्किएकी छन् ।

लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि धनगढी ५ कि ३४ वर्षीया  महिलालाई शुक्रबार अस्पतालले घर पठाएको हो । सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको ६ पटकसम्म रिपोर्ट पोजेटिभ आएको थियो ।

दुबईबाट आएका उनको आफन्तलाई चैत्र १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी नेपालको पहिलो स्थानीय कोरोना संक्रमित हुन् । चैत्र २२ गतेदेखि अस्पतालमा उपचाररत महिला ३६ दिनपछि घर फर्किएकी हुन् ।

बिहीबार र शुक्रबार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

यसअघि अस्पतालमा उपचार गराइरहेका ४ जना पनि निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या ५ पुगेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?