Comments Add Comment

३६ दिनपछि निको भएर फर्किइन् सुदूरपश्चिमकी संक्रमित महिला

२६ वैशाख, कैलाली । नेपालको पहिलो कोरोना स्थानीय संक्रमित महिला निको भएर घर फर्किएकी छन् ।

लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि धनगढी ५ कि ३४ वर्षीया  महिलालाई शुक्रबार अस्पतालले घर पठाएको हो । सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको ६ पटकसम्म रिपोर्ट पोजेटिभ आएको थियो ।

दुबईबाट आएका उनको आफन्तलाई चैत्र १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी नेपालको पहिलो स्थानीय कोरोना संक्रमित हुन् । चैत्र २२ गतेदेखि अस्पतालमा उपचाररत महिला ३६ दिनपछि घर फर्किएकी हुन् ।

बिहीबार र शुक्रबार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

यसअघि अस्पतालमा उपचार गराइरहेका ४ जना पनि निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या ५ पुगेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment