+

असहायलाई आयशाको सहयोग

२०७७ वैशाख  २६ गते १८:५७ २०७७ वैशाख २६ गते १८:५७
असहायलाई आयशाको सहयोग

२६ वैशाख, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) कि दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहीनहरूलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छन् ।

शाक्यले कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहीनलाई खाद्यान्न हस्तान्तरण गरेकी हुन् ।

लकडाउनपछि समस्यामा परेका असहायहरूलाई १० केजी चामल, १ केजी दाल, चिउरालगायत सामग्री सहयोग गरेको शाक्यले जानकारी दिइन् ।

सागमा पदक जितेवापत सरकारबाट प्राप्त पुरस्कार रकमबाट दृष्टिविहीनहरूलाई सहयोग गरेकाे उनले बताइन् ।

एसियाली खेलकुदकी कास्य पदक विजेता आयशाले गत मंसिरमा सम्पन्न १३ औं सागमा तेक्वान्दोको पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय