Comments Add Comment

भारतले मानसरोवर जाने बाटो खोलेकोमा कमल थापाको विरोध

'नेपाल सरकारको उदासीनता खेदजनक छ'

२६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लिम्पियाधुरा/लिपुलेक लगायतका नेपाली भूभाग अतिक्रमण हुँदा पनि सरकार उदासीन बसेको आरोप लगाएका छन् ।

भारतीय रक्षामन्त्रीले धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलास्थित लिपुलेक हुँदै मानसरोवर पुग्ने सडकको उद्घाटन गरेपछि थापाले यसको विरोध गरेका हुन् । उनले नेपाली भूभाग अतिक्रमणबारे सरकारले आवश्यक कदम चाल्नुपर्ने धारणा राखेका छन् ।

‘लिम्पियाधुरा/लिपुलेक नेपाली भूमि हो । त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको छ’ पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका थापाले ट्विटरमा लेखेका छन्, ‘भारत सरकारको यस कार्यको भत्सर्ना गर्दछु । नेपाल सरकारको उदासीनता खेदजनक छ । यसबारे अविलम्ब आवश्यक कदम चाल्न सरकारसँग माग गर्दछु ।’

सन् १८१६ मा भएको सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । सर्वे अफ इन्डियाले सन्धि विपरीत नेपाली भूभागसमेत भारततर्फ पर्ने गरी नक्सा सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment