Comments Add Comment

रमजानको प्रार्थना गर्न विभिन्न देशमा खोलियो मस्जिद

२७ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद कतिपय देशहरूले मस्जिद खोलेका छन् । रमजानको क्रममा शुक्रबार नमाज पढ्नका लागि केही देशहरूले मस्जिद खोलेका हुन् ।

सिरियामा सरकार नियन्त्रित केही क्षेत्रका मस्जिद खोलेको थियो। यद्यपि मस्जिदलाई किटाणुरहित बनाएपछि खोलिएको थियो भने प्रार्थना गर्न आएकाहरूलाई मास्क लगाउन भनिएको थियो । सामाजिक दुरी पनि पालना गराइएको थियो ।

यसैगरी इरानको १८० सहरका मस्जिदमा पनि मानिसहरू प्रार्थना गर्न भेला भएका थिए । यद्यपि राजधानी तेहरानका मस्जिद भने बन्द रहे । तेहरान कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

यसैगरी बांगलादेशमा पनि सामाजिक दुरी कायम राखेर मस्जिद खोल्न दिइएको थियो । दक्षिण सुडान, अल्जेरिया, ट्युनिसिया र मोरक्कोमा भने रमजानको यस महिनामा मानिसहरूलाई घरमै रहेर प्रार्थना गर्न भनिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment