+
+
Shares

लिपुलेकबारे सरकारले सदनमा जवाफ दिँदै, कार्यसूची छोट्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते १०:५०

२८ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्‍याएको भनेर विरोध भइरहेको बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजको संसदमा जवाफ दिँदैछन् । साथै दलका नेताहरूले विशेष समय लिएर बोल्ने छन् ।

मन्त्रीले जवाफ दिने र नेताहरूले बोल्ने भएका कारण संसद सचिवालयले पहिलेको कार्यसूचीलाई छोट्याएको छ ।

यसअघि कार्यसूचीमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक–२०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । त्यसलाई हटाएर संशोधित सूची सार्वजनिक गरिएको छ ।

संसद सचिवालयले पूर्वबजेटमाथि हुने छलफललाई भने यथावत राखेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?