Comments Add Comment

ओबामाले गरे ट्रम्पको आलोचना

२८ वैशाख, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलेाचना गरेका छन् । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि ट्रम्पले लिएको नीतिको ओबामाले विरोध गरेका हुन् । उनले अहिले अमेरिकाले कोरोना भाइरसको नियन्त्रणको लागि गरेकेा प्रयास ‘अराजक संकट’ को जस्तो रहेको बताएका छन् ।

एक निजी कुराकानीको क्रममा ओबामाले आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा जोन बाइडनको समर्थन गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्न चाहेको बताएका छन् । पूर्व कर्मचारीहरुलाई बाइडनको राष्ट्रपतीय निर्वाचन टोलीसँग काम गर्न प्रेरित गर्ने क्रममा ओबामाले यस्तो बताएका हुन् ।

ओबामाले दिएको अभिव्यक्तिको जवाफमा अमेरिकी राष्ट्रपतिको कार्यालयले भने ट्रम्पको कदम अभूतपूर्व रहेको र यसले धेरै अमेरिकी नागरिकहरुको ज्यान बचाएको दाबी गरेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणको विषयलाई लिएर ट्रम्पको मुलुकभित्र र बाहिर पनि आलोचना भइरहेको छ । यद्यपि ट्रम्पले भने अमेरिकामा कोरोना भाइरसको महामारी फैलिनुमा डब्ल्यूएचओ, चीन र विपक्षी डेमोक्रेटिक पार्टी दोषी रहेको बताउँदै आएका छन् ।

अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने संख्या १३ लाख नाघेको छ । त्यस्तै ७८ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

स्रोत  : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment