+
+
Shares

महोत्तरीमा हत्या गरिएको अवस्थामा शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १०:०४

२९ वैशाख, जनकपुरधाम । महोत्तरीमा एक जनाको हत्या भएको छ । गौशाला नगरपालिका-४ बिर्ताका दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

४५ वर्षीय ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेको हुनसक्ने  प्रहरीको भनाइ छ ।

आइतबार बिहान आफन्तको घर गएका ठाकुरको शव सोही दिन साँझ फेला परेको प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता एसपी जयराज सापकोटाले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घट्नाबारे अनुसन्धान थालिएको सापकोटाको भनाइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?