+
+

कोरोनाबाट ग्रसित विश्वकै तेस्रो मुलुक बन्यो रुस

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १८:१७

२९ वैशाख, काठमाडौं । रुस विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट ग्रसित हुने विश्वकै तेस्रो मुलुक बनेको छ ।

यसअघि अमेरिका, स्पेन, बेलायत र इटली धेरै कोरोना संक्रमित भएका मुलुकका सूचीमा थिए । तर, पछिल्लोपटक रुसमा कोरोनाले महामारीको रूप लिएपछि बेलायत र इटली चौथो र पाँचौं नम्बरमा पुगेका छन् । रुस तेस्रो स्थानमा उक्लिएको छ ।

रुसको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार, कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या त्यहाँ २ लाख २१ हजार तीन सय ३४ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा मात्रै ११ हजार ६ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

प्राप्त पछिल्लो तथ्यांकअनुसार, कोरोनाबाट यहाँका २ हजार ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९८ जनाको मृत्यु भएको छ । संक्रमणदर बढे पनि मृत्युदर भने अन्य देशको तुलनामा यहाँ कम छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?