Comments Add Comment

कर्णालीमा पनि लकडाउन खुकुलो, नाकामा क्वारेन्टाइन

३० वैशाख, काठमाडौं । गत साता सबै नाका सिल गरेको कर्णाली प्रदेश सरकारले लकडाउन खुकुलो बनाइएको छ । कर्णाली प्रदेश, क्राइसिस म्यानेजमेन्ट सेन्टरको सोमबार राति बसेको बैठकले लकडाउन खुकुलो हुने गरी विभिन्न निर्णयहरु गरेको हो ।

बैठकले यसअघि सिल गरिएका नाकामा आवतजावतलाई कडाइ मात्रै गर्ने निर्णय गरेको छ भने कृषि तथा विकास निर्माणको क्षेत्रमा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ ।

बैठकले निर्णयले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तह र प्रदेशका कर्मचारीहरुलाई प्रदेश मुकामा आउनजान सहज भएको छ ।

किसानले कृषि र पशुपालनका लागि आवश्यक सामग्रीहरु ओसारपसार गर्न र स्थानीय तहको समन्वयमा भौतिक दुरी कायम गरी खेतीपाती गर्न पाउनेछन् ।

महत्वपूर्ण र रोजगारमूलक विकास निर्माण उपकरण ढुवानी र ओसारपसार गर्न, विकास परियोजनाको काम गर्ने जनशक्ति आवतजावत् गर्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री आयात गर्न पाइने छ ।

कर्णालीमा हालसम्म कोरोना संक्रमित नभेटिए पनि जोखिम उच्च रहेको भन्दै यसअघि  एक साताका लागि प्रदेश सरकारले सिल गरेको थियो ।

अलपत्र नागरिकका लागि नाकामै क्वारेन्टाइन

उच्चस्तरीय समितिको बैठकले भारत र नेपालकै विभिन्न ठाउँबाट आएर प्रदेशको नाकामा अलपत्र परेका नागरिकहरुलार्य राख्न नाकामै क्वारेन्टाइन निर्माण गर्ने निर्णय पनि गरेको छ ।

तत्काल बाहिरबाट आएर प्रदेशको नाकामा अलपत्र परेका नागरिकलाईै सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाएर अनिवार्य क्वारेन्टाइनमा राख्ने र त्यसका लागि पालिकामा क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment